श्राेत नखुलेकाे ३१ लाख ९० हजार सहित २ प्रहरी नियन्त्रणमा

arrested
लोकपाटी न्यूज
0 Shares

काठमाडाैँ। रुपन्देहीमा प्रहरीले श्रोत नखुलेको ३१ लाख ९० हजार रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ।

सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका वडा नं.१ बस्ने बर्ष २१ को बिनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटीरोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला पारी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए।

प्रहरीले बिनय कलावार र भारत उत्तर प्रदेश नौतनबा बस्ने ३५ बर्षका सुरज गौणलाई नियन्त्रण लिएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्