रहेनन् भारतीय अभिनेता दिलीप कुमार

dilipkuar pic
लोकपाटी न्यूज

एजेन्सी। भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ। बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा कुमारको निधन भएको हो। दिलीप कुमार लामो समयदेखि बिमारी थिए।

पछिल्लो समय उनलाई श्वास फेर्न निकै गाह्रो हुने गरेको थियो। उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो। उनलाई भारतमा ट्रेजेडी किंगको नामले समेत चिनिन्छ।

दिलीपकुमारले २२ वर्षको उमेरमा ज्वार भाटा नामक पहिलो फिल्म खेलेका थिए। उनले ६० भन्दा बढी फिल्म खेलेका छन्।

दिलीपकुमारले मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए।