‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणको आवेदन फारम खुल्ला

  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। विभिन्न अवार्ड कार्यक्रमहरुको गर्दै आएकाे सिजन मिडिया प्रा.लि.ले ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणको आवेदन फारम खुल्ला गरेकाे छ। प्रा. लि ले एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्द्रित कार्यक्रमको आवेदन फारम खुल्ला गरेकाे हाे। प्रा.लिले विगत १० वर्षदेखि याे प्रतियोगिता निरन्तर रुपमा गर्दै आएको जनाएकाे छ।

प्रतियोगितामा २०७७ सालमा एसईइ परिक्षामा समावेश भएका र नतिजाको पर्खाइमा रहेका छात्राहरुले सहभागिता हुन पाउने छन्। आयाेजकहरुका अनुसार प्रतियोगिता व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगि र मनोरन्जन तथा मोडलिङ यात्राको लागि पनि सहयोग पु¥याउने उदेश्यले गर्न लागिएकोे हो।

प्रतियाेगितामा सहभागी हुन चहाने इच्छुकले २०७८ श्रावण १५ गते सम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सक्ने छन्। प्रतियाेगीतामा उपत्यका वाहिर जिल्लामा रहेका  एसइइ रिजल्टको प्रतिक्षामा रहेका छात्राहरुले आवेदन फारम भर्न सक्नेछन्। छनौट भएका प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो सातावाट प्रशिक्षण दिइने आयाेजककाे याेजना रहेकाे छ। प्रशिक्षणमा  मोडलिङ ,फेशन सो , र्या‍म्प सो , शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा साेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण रहने छ। साे क्रममा प्रतिश्पर्धीहरुलाई माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने विभिन्न कलेजहरुको भ्रमण गराइने आयाेजककाे तयारी रहेकाे छ।

२०७८ साल भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिश्पर्धा हुने आयाेजकहरुकाे तयारी रहेकाे छ। प्रतियाेगीतामा स्टेज पर्फमेन्स क्याटवाक लगायतका विद्यामा भने कोरियोग्राफी रोजीन शाक्यले गर्ने बताइएकाे छ। प्रतियोगिताका विजेताले ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति पाउनेछन्। त्यस्तै विजेताले ल्यापटप ,मोवाइल,म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने आयाेजकले बताएकाे छ। फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन। त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने आयाेजकले बताएकाे छ।

आयाेजकले यसअघि  मिस  ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतका विभिन्न अवार्ड कार्यक्रमहरुको सञ्चालन गरिसकेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्