प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)

nepal-police
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लिइएको परीक्षाको नतिजा प्रकाशित गरिएको छ।

प्रहरी प्रधान कार्यालयको विज्ञापनानुसार लोकसेवा आयोगबाट २०७७/०८/१८ देखि २०७७/०८/२० गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो।सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका मध्ये ५१३ जना उत्तीर्ण भएका छन्।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको आउँदो साउन ३ देखि ५ गतेसम्म महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा विशेष स्वास्थ्य परीक्षण सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ASI-Written-Result-2078-03-24-page-001

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्