बिपिन किरणको ‘रंगीन संसार’ गीत सार्वजनिक (भिडियो)

Rangeen-Sansar pic
लोकपाटी न्यूज

काठमाडौं। गजलकार तथा गितकार बिपिन किरणको ‘रंगीन संसार’ बोलको गीत बजारमा आएको छ। आफ्नै युट्युव च्यानल किरण क्रिएशनमार्फत् उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

बिपिन किरणको शब्द रहेको उक्त गीतमा गायक किरण भूजेल तथा गायिका अस्मिता अधिकारीले आवाज दिएका छन्। गीतलाई संगीतकार दीपक शर्माले संगीतबद्ध गरेका हुन्। पुरुषोत्तम सुबेदीद्वारा संगीत संयोजन गरिएको उक्त गीतलाई अनिल अधिकारीले रेकर्ड गरेका हुन् भने गीतमा अधिकारीकै मिक्सिङ तथा मास्टरिङ छ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा सागर लम्साल तथा रियाषा दाहालको जोडीलाई फिचर गरिएको छ भने विजय डंगोल तथा श्रवणी थापाले पनि अभिनय गरेका छन्। बुद्ध थापाद्वारा छायांकन गरिएको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्