कैद र जरिवाना फैसला भएकाे ११ बर्षपछि पक्राउ

  • 20
    Shares
लोकपाटी न्यूज

हेटाैंडा। मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका १ जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो रहेका छन्।

अदालतले उनलाई विक्रम संवत् २०६७ मंसिर १३ गते वन पैदावार ओसारपसार मुद्दामा १ वर्ष कैद र ३४ हजार ४१९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। यसपछि फरार रहेका लोलाई शुक्रवार हेटौंडा उपमहानगरपालिका-१५ बाट पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्