काठमाडाैँ। शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ।
रोल्पाको रुन्टीगढी गाउँपालिका-७ निवासी मतिकला बुढा घोराही-१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै भुलेर हिँडेकी थिइन्।
अटोका चालक घोराही -१३ बस्ने २९ बर्षीय रामप्रसाद झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दाङ्गमा बुुझाउन पुगेका थिए। उनले प्रहरीकै रोहवरमा सम्वन्धितलाई बुझाएकोमा सम्मान गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।