ल्यापटपको ब्याट्री बिग्रिन नदिने ५ उपाय

laptop_battery
लोकपाटी न्यूज

काठमाडौं। ल्यापटपको ब्याट्री ब्याकअप उक्त ब्याट्रीको लाइफसँग पनि सम्बन्धित हुन्छ। साधरणतया ल्यापटपको ब्याट्री तीन-चार वर्षमा फेर्नुपर्ने हुनसक्छ। तर, केही निश्चित तरिका अपनाउने हो भने ब्याट्रीको आयु बढाउन सकिन्छ।

ब्याट्रीको आयुलाई साइकलमा नापिन्छ। साइकल भनेको कति पटक पूर्ण रूपमा चार्ज गरियो र कति पटक पूर्ण रूपमा चार्ज सिध्याइयो भन्ने चक्र हो। तरपनि यी केही कुरामा ध्यान दिन सकियो भने अझै केही लामो समयसम्म ब्याट्रीको आयु बढाउन सकिन्छ।

स्क्रिनको ब्राइटनेस डिम गर्नेः ल्यापटप को ब्याट्री डिस्प्लेको धेरै उज्यालोले गर्दा पनि चाँडै सकिने हुन्छ, यही डिस्प्लेको चम्किलोपनलाई कम गरेर पनि ब्याट्रीलाई केही हदसम्म टिकाउन सकिन्छ।

एकै पटक धेरै प्रोग्राम नखोल्नेः ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्नुहोस्। एक पटकमा धेरै प्रोग्रामहरू चलाउनाले ब्याट्री धेरै खपत हुन्छ।

ड्राइभको कम प्रयोग गर्नेः ल्यापटपमा एक्सटर्नल ड्राइभ जस्तै पेन ड्राइभ, हार्ड डिस्क, सिडि, डिभिडी, कार्ड रिडर आदिलाई काम सकिने बित्तिकै निकाल्नुपर्छ। लगातार यस्ता एक्सटर्नल ड्राइभ ल्यापटपमा जोडी राखेको खण्डमा छिटो ब्याट्री सकिने हुन्छ।

ल्यापटपलाई हाइबर्नेट मोडमा प्रयोग गर्नेः यदि तपाईंले ब्याट्रीको टिकाउको निम्ति ल्यापटपलाई स्ट्यान्डबाई मोडमा राख्नुभएको छ भने यसलाई हाइबर्नेट मुडमा राख्ने गर्नुहोस्। हाइबर्नेट मोडमा स्ट्यान्डबाई मोडमा भन्दा धेरै पावर बचत हुन्छ।

ब्याकलिट किबोर्ड अनावश्यक प्रयोग नगर्नेः खास गरेर किबोर्डमा ब्याकलिट गुण भएका ल्यापटपहरूमा ब्याकलिट अन गरेर चलाउँदा धेरै ब्याट्री प्रयोग हुने भएकाले अत्यावश्यक समयमा मात्र अन गरेर चलाउने गर्नु पर्दछ।

यी कुरामा ध्यान दिनुहोस्ः

यदि तपाई इन्टरनेटमा काम गरिराख्नु भएको छ र ल्यापटपको प्रयोग गर्नु भएको छ भने, कुनै कुरा पनि बन्द नगर्नुहोस् यसो गर्नु भयो भने तपाइको काम हराउन सक्छ। आफू वर पर नभएको बेलामा ल्यापटप चार्ज गरेर नछोड्नुहोस्।

यदि तपाईं लामो समयसम्म ल्यापटप प्रयोग गरी राख्नु हुन्छ भने तपाईंको ल्यापटप छिटो तात्ने र छिटै ब्याट्री सकिने समस्या देखिन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्