कालीगण्डकी डाइभर्सन आयोजनाको बुटवल पनि विरोध

birodh
  • 130
    Shares
लोकपाटी न्यूज

बुटवल। कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमै विरोध भएको छ। बुटवलमा बस्दै आएका कालीगण्डकी सरोकार समूहले विरोध प्रदर्शन गरेको हो।

उनिहरुले कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताएका छन्।

प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिदैँनौ लगायतका नारा सहितका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कुष्णचन्द्र पोखरेल नेपालीले कालिगण्डकी डाईर्भसन कुनै हालतमा बन्न नदिने भन्दै विरोध जनाएका छन्।

साथै गण्डकी प्रदेशका दलहरुको सर्वपक्षिय सहमति कायम गरि केन्द्र सरकारलाई योजना रद्ध गर्न आग्रह गर्ने, वेवास्ता गरे प्रतिरोध गर्ने बताए।

त्यस्तै आन्दोलनमा सहभागी पुष्पराज ढकालले डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यता विरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको भन्दै कुनै पनि हलतमा सफल हुन नदिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्