एमाले कार्यदलको बैठक जारी

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। पार्टीभित्रको अन्तरकलहको समाधान खोज्न क्रियाशिल नेकपा एमालेको कार्यदलको बैठक जारी छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा यसअघि सहमतिको लागि भन्दै तयार पारिएको बुदाँहरुलाई टुङ्गोमा पु¥याउने प्रयास गरिने एक नेताले जानकारी दिए।

कार्यदलका अधिकासं सदस्य समस्या समाधानका लागि सहमत भएपनि नेपाल पक्षका एक नेताले मात्र नयाँ नयाँ प्रस्ताब राख्दा समस्या सल्टिन नसकेको उनले जानकारी दिए। आजको कार्यदलको बैठकले एक निष्कर्ष निकाल्ने उनले बताए।

विवाद समाधान भएर एक ढिक्का भई अगाडि बढ्ने सन्देश दिने तयारी भएको बताइएको थियो। कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको समेत बताइएको छ।