अर्जेन्टिनाले कोपा अमेरिका कप जितेपछि मेस्सीका तीन छोराले मनाए खुसीयाली(भिडियो)

messi son
  • 11.3K
    Shares
लोकपाटी न्यूज

एजेन्सी। कोपा अमेरिका कपको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जित्न सफल भएको छ। २८ वर्षपछि अर्जेन्टिनाले उपाधि जित्न सफल भएको हो।

यसअघि लगातार दुईपटक फाइनलमा पुगे पनि अर्जेन्टिना पराजित भएको थियो। अन्ततः स्टार खेलाडी लियोनल मेस्सीको देशका लागि उपाधि जित्ने सपना पनि पूरा भएको छ।

पिता मेस्सीले उपाधि जितिरहँदा उता उनका तीन जना छोराहरु थियागो, माटियो र सिरोले पनि खुसीयाली मनाएका छन्। उनीहरुले खुसी खु याली मनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्