खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त : आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी

gurung-acharya_8WnWbMtkCG
लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेश सरकारमा हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी, स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। जिम्मेवारीसँगै आजै पदभार पनि ग्रहण गरेका छन्।

यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ। यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्