प्रधानमन्त्री र राष्ट्रपतिबीच पछिल्लो घटनाक्रमबारे छलफल

लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सर्वोच्च अदालतले आज गरेको फैसलालाई लिएर राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन्। सर्वोच्चको आदेशबाट बहिगर्मन निश्चित भएपछि उनी छलफलका लागि शीतलनिवास पुगेको बुझिएको छ। प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको थियो।

तर सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतको भनाइ छ।