कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्न : डब्लूएचओ

who_chief
लोकपाटी न्यूज

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने जनाएको छ। बिहीबार डब्लूएचओको आपतकालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो। यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि डब्लूएचओको भनाइ छ।

त्यस्तै समितिले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलिने सम्भावनाका बारेमा पनि चासो र चिन्ता व्यक्त गरेको उनले बताएका छन्। पछिल्लो समय विश्वभर नै कोरोना संक्रमण कम भएको जस्तो देखिए पनि लापरबाही र आवश्यक मापदण्ड नअपनाउँदा तेस्रो लहर आउन सक्ने जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन्।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर करिब १९ करोडमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ४० लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्