प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

  • 210
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश २ सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन्।

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका मन्त्रीद्वयले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। उनीहरूले प्रदेश २ मा माओवादी केन्द्रलाई सरकारमा भित्राउन राजीनामा दिएका हुन्।

मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रूपमा प्रदेश सरकारमा सहभागी हुने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्