मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रियाको तयारी

manbahadur gc
लोकपाटी न्यूज

पोखरा। मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ। उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि शल्यक्रिया गर्न लागिएको सचिवालयले जानकारी दिएको छ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई अस्पताल लगिएको थियो। उपचारमा संग्लग्न चिकित्सकले उनको मस्तिष्कघात भएको पुष्टि गरेका थिए।

पोखराकै मणिपाल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई दिउँसो हेलिकप्टरमार्फत् काठमाडौं लगिएको थियो। मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे समस्या देखिएको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्