माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

Prachanda
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

भोलि बिहानलाई बैठक बोलाएको जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताए। बैठकमा पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ।

भोलि नै नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ। आइतबार अपराह्न ४ बजे सर्वोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि बस्दैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्