बालुवाटार पुगे अध्यक्ष प्रचण्ड

prachanda_bhaktapur
  • 159
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अधयक्ष प्रचण्डबिच छलफल सुरु भएको छ।

प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको छ। अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित तीन र माओवादीबाट दुई जना मन्त्री रहेका छन्।

आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। प्रचण्डले यसअघि आजै बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्