माधव नेपालले बोलाए सांसद्को भेला

madhav kumar nepal
  • 255
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका १४ जना र ओली पक्षका ८ जना सांसदबिच मंगलबार छलफल हुन लागेको सांसद विरोध खतिवडाले जानकारी दिए।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारवाही र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा उनीहरुबिच छलफल हुन लागेको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका २२ जना सांसदहरुलाई कारवाहीको तयारी गरेपछि उनीहरुले छलफल गर्न थालेका हुन्। सांसदहरुसँग छलफल गर्नुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।

सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यद्यपी उक्त स्पष्टीकरणको पत्र हालसम्म पनि सम्बन्धित सांसदहरुलाई पठाइएको छैन। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मंगलबार स्पष्टीकरणको पत्र पठाउन लागिएको बताए। सांसद खतिवडाले पनि आफू समक्ष स्पष्टीकरण पत्र नआएको र आएपनि जवाफ नदिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्