जसपा संसदीय दलको विधान संशोधन

Bhattarai_Yadab
  • 201
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मत पारित गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज मंगलबार बसेको बैठकले विधान पारित गरेको हो।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका बहुमत सांसदहरुको उपस्थिति छ। दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने अनुमान छ।

यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको यो पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ। जसपाको महन्थ ठाकुर- राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी हुने नहुने विषयमा भने केही निर्णय गरेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्