सर्जक तथा गायक बसन्त थापाको मौलीक गीत ‘स्यानी माया’ सार्वजनिक (भिडियो)

pic 3
  • 165
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सर्जक/गायक तथा संगीतकार बसन्त थापाको मौलीक गीत ‘स्यानी माया’ बजारमा आएको छ। गायक थापाको आफ्नै युट्युव च्यानल बसन्त थापामार्फत् उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

केहि समय अघि टिकटकदेखि फेसबुक पेजमार्फत् भाइरल भएको मौलीक गीत ‘स्यानी माया’ गीतमा लोकप्रिय गायिका सुनिता बुढा, चन्द्रा सुवेदी (आमा), जानुका कंडेल, बसन्त थापा र उमेश अधिकारीको सुमधुर आवाज रहेको छ।

भाइरल आमा चन्द्र सुवेदीको लय तथा शब्द सिर्जनामा उक्त गीत बजारमा ल्याइएको हो।कुमार केसीको निर्देशन रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफी याम गुरुङ्गको रहेको छ।

अजय रेग्मीको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ। बिना विश्वकर्मा, दिपासा बिसी, युनिषा खत्री, वसन्त थापा, दुर्गेश थापा र ओबी रायमाझीको अभिनय रहेको छ।

अनावश्यक विषयवस्तुको उरन्ठेउला शब्द सिर्जनाममा गीत गाउने क्रम बढेको समयमा मौलिक संस्कृतीको संरक्षण गर्दै उक्त गीत बजारमा ल्याइएको हो।

मौलीक विषयवस्तुलाई सरल शब्द र लयमा गीतहरु संरक्षण गरेर इतिहासमा दर्ज गर्दा आगामी पुस्ताहरु पनि पुराना सांस्कृतिक स्वादबाट बिमुख हुने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्