सर्जक विष्णु विरही श्रेष्ठको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

geet 2
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। रामेछापेली गजलकार, गीतकार विष्णु विरही श्रेष्ठको ‘तिम्रो मायामा’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। मङ्गलबार BBS Creation नामक यूट्युब च्यानलमार्फत् उक्त गीत रिलिज भएको हो।

विष्णु विरहीको श्रेष्ठको शब्द र दिपकराज विश्वकर्माको संगीत, एरेञ्ज रहेको उक्त गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गायक प्रताप दासले युगल स्वर भरेका छन्।

गीतमा विजय पुन पत्थरको मुटु र वविना विश्वकर्माको अभिनय रहेको छ। प्रेमिल शब्द रहेको उक्त गीतमा भिडियो पनि आकर्षक रहेको छ।

मुनाल शिशिर कोईरालाले निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायांकन र शिलन लम्सालले सम्पादन गरेका हुन्। यसअघि विरहीले पिरतीको गुन्द्री बजारमा ल्याईसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्