नेपाल पक्षको ‘पीपुल्स भोलेन्टियर’को घोषणा आज

madhav_nepal
  • 167
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउँदै छ। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्स ब्यूँताएपछि नेपाल पक्षले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो।

पीभीको घोषणा आज भक्‍तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए। त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्