कास्कीले पायो तीन मन्त्री : जसपाद्वारा शपथ बहिष्कार

  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो। यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ९नेपाली० सहित पाँच सदस्यीय थियो ।

विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ। सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन्। थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन्। नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन्।

सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्दै मन्त्री बनेका बरालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेपाली कांग्रेसका श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, बिन्दुकुमारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन्। थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन्। यसअघि मन्त्रिपरिषद् पाँच सदस्यीय थियो।

त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटे विश्वकर्मा छनोट भएपनि अन्तिम क्षणमा उनको सट्टा थापालाई मन्त्री बनाइएको हो। यतिसम्म कि विश्वकर्मालाई शपथका लागि निमन्त्रणासमेत गरिएको थियो। तर केन्द्रीय नेताहरूको दबाबका कारण विश्वकर्माको स्थानमा थापालाई मन्त्री बनाइएको स्रोतको दाबी छ। थापा पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन्।

११ सदस्यीय मन्त्रिमण्डलमा यसअघि मन्त्री बनेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्। सुरुका केही दिन बिनाविभागीय मन्त्री बनेका उनलाई बीचमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सबै मन्त्रीको कार्यविभाजन भएसँगै उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

त्यस्तै यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० लाई युवा तथा खेलकुद मन्त्रालयमा यथावत् राखिएको छ।

कास्कीले पायो तीन मन्त्री

अघिल्लो सरकारमा निल बनेको गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाले यसपटक भने तीनवटा मन्त्री पाएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको तत्कालीन एमाले सरकारले कास्कीबाट कसैलाई पनि मन्त्री नबनाउँदा ठूलो आलोचना भएको थियो।

आलोचनापछि कास्कीबाट मन्त्री बनाउने सोच बनाए पनि आफूले नरुचाएका एमाले सांसद कृष्ण थापाको नाम आएपछि गुरुङ ब्याक भएका थिए। आफू मुख्यमन्त्री बन्ने बेला असहयोग गरेको भन्दै उनले कृष्णलाई मन्त्री बनाउनुभन्दा बरु मन्त्रिपरिषद् नै विस्तार नगर्ने अडान लिए । कृष्णलाई मन्त्री बनाउन पार्टी पंक्ति र स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब दिँदासमेत गुरुङले मानेनन्।

तर कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भने कास्कीले तीन मन्त्री पाएको छ। मन्त्री भएका कुमार खड्का, बिन्दुकुमार थापा र रामजीप्रसाद बराल कास्कीका हुन्। माओवादी केन्द्रका बराल कास्की क्षेत्र नम्बर ३ (क) तथा कांग्रेसका बिन्दुकुमार कास्की क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित भएका हुन्। त्यस्तै कांग्रेसका खड्का समानुपातिक सांसद हुन्। कास्कीले तीन मन्त्री पाएपछि जिल्लावासी खुसी भएका छन्।

जसपाद्वारा शपथ बहिष्कार

गण्डकी प्रदेशमा सत्ता साझेदार जसपाले शुक्रबार मन्त्रीहरूको शपथ कार्यक्रम बहिष्कार गरेको छ। सरकारको नेतृत्व गरेको कांग्रेसले पूर्वसहमतिअनुसार थप एक मन्त्री जसपालाई नदिएपछि शपथ कार्यक्रम बहिष्कार गरिएको हो। दुई सांसद मात्र रहेको जसपालाई कांग्रेसले सुरुमा अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो।

पछि अर्थ मन्त्रालयमा माओवादीसँगको विवाद देखाएर कांग्रेसले दुई मन्त्रालय जसरी पनि दिने प्रतिबद्धता पुनः जनायो। तर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला जसपालाई छुटाएपछि ऊ असन्तुष्ट बनेको छ। कांग्रेसले सहमति उल्लंघन गरेर धोका दिएकाले शपथ बहिष्कार गरेको जसपाले जनाएको छ।

जसपा सांसद धनमाया लामा पोखरेलले कांग्रेसले पटकपटक धोका दिएकाले अब सहकार्य टुंग्याउनुपर्ने पक्षमा आफूहरू पुगेको बताइन्। ‘धोका एकपटक होइन, पटकपटक भएको छ, अब यसरी धोका दिने र बेइमानी गर्नेसँग सहकार्य गर्नुहुन्न भन्ने छ,’ उनले भनिन्। प्रतिगमन ढलाइसकेकाले अब सधैं सहकार्य गर्नुपर्छ भन्ने पनि नभएको भन्दै उनले थपिन, ‘सरकार छाडेर प्रतिपक्षमा बसौं भन्ने छ तर पार्टीले के निर्णय गर्छ, हेरौं।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्