बुटवलमा थप पाँच कोरोना संक्रमितको मृत्यु

Corona_Death
सांकेतिक तस्बिर
  • 2
    Shares
लोकपाटी न्यूज

बुटवल। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार मृत्यु हुनेमा रुपन्देहीका २, गुल्मीका २ र प्यूठानका १ जना छन्।

रूपन्देही तिलोत्तमा–५ की ३२ वर्षीया महिलाको आइतवार बिहान ३ः१० र बुटवल–७ का ४४ वर्षीय पुरूषको शनिवार साँझ सवा ६ बजे मृत्यु भएको हो।

त्यसै गुल्मी इस्मा गाउँपालिकाका ७१ वर्षीय पुरुषको आइतवार बिहान २ः१० बजे र गुल्मीकै चन्द्रकोटका ५६ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको डा। राजेन्द्र खनालले जानकारी दिए। प्युठानको सरुमारानी गाउँपालिकाका ६३ वर्षीया महिलाको शनिवार दिउँसो साढे १ बजे मृत्यु भएको छ।

बन्दाबन्दी खुलेसँगै संक्रमण फेरि बढ्न थालेको छ। रूपन्देहीमा पनि संक्रमण बढ्दो छ। संक्रमण बढेसँगै कोरोना अस्पतालका बेडहरू बिरामीले फेरि भरिन थालेका छन्।

कोरोनाको पहिलो र दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित जिल्ला रूपन्देही हो। रूपन्देहीमा हालसम्म ५०६ जनाको मृत्यु भएको छ। रूपन्देहीमा शनिवार ५१ नयाँ संक्रमित थपिएका छन्। रुपन्देहीमा हालसम्म २८ हजार ९७३ पोजिटिभ देखिएका छन्। जिल्लामा सक्रिय संक्रमित ३५९ जना छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्