१० दिनदेखि हराइरहेकी २० वर्षीया युवती मृत फेला

death
सांकेतिक तस्वीर
  • 34
    Shares
लोकपाटी न्यूज

धादिङ। धादिङमा २० वर्षीया एक युवती मृत फेला परेकी छिन्। गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका मृत फेला परेकी हुन्।

प्रहरीका अुनसार रोका १० दिनदेखि हराइरहेकी थिइन्। घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ। प्रहरीका अनुसार रोकाको शव सडेको अवस्थामा बरामद भएको हो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्