वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Sarbochcha_Adalat
  • 49
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कार्य अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नेपाली पार्टीको तर्फबाट आतिस कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगमको निजीकरणको कामलाई यथावस्थामा राख्न अन्तरिम आदेश जारी गरेको हो।

‘दुबै पक्षको छलफलबाट अन्तरिम आदेशको सम्बन्धमा नियर्णय हुनुअघि नेपाल वायसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण काय जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी प्रत्यार्थीहरूका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

तत्कालीन प्रधानमन्त्री नेतृत्वको सरकारले निगमलाई निजीकरण गर्न लागेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर भएको थियो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई महान्याधिवक्ताको कार्यालयमार्फत र अन्य विपक्षीको हकमा भने १५ दिनभित्र आफैं वा कानुनबमोजिमका प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न पनि आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्