पार्टी एकतामै जोड दिने नेपाल पक्षको निर्णय

madhav nepal team
  • 526
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामै जोड दिने निष्कर्ष निकालेको छ। आज बसेको स्थायी कमिटी बैठकबाट उक्त निर्णय भएको नेपालपक्षीय नेता रघुजी पन्तले बताए।

‘बैठकमा आज बोल्ने अधिकांश साथीहरुले पार्टी एकतालाई नै जोड दिनुपर्ने धारणा राख्नुभयो र आजको निष्कर्ष पनि एकतामै जोड दिने भन्ने भयो,’ उनले भने। बैठक भोलि फेरि बस्ने उनले बताए। भोलिको बैठकमा आज बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्‍ने पन्तको भनाइ छ।

आजको बैठकमा भीम रावल पनि सहभागी भएका छन्। यसअघि गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता नेपालसित कुरा नमिलेपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए।

त्यसपछि एमालेका दुबै समूहले गर्ने गतिविधिमा रावल जान छोडेका थिए। रावल बैठकमा सहभागी हुन छाडेपछि नेता नेपाल टोखास्थित निवासमा गएर उनलाई भेटेका थिए। रावलले शुक्रबार सांसद पदबाट राजीनामा फिर्ता लिए। त्यसपछि उनी नेपाल समूहमै सक्रिय हुन थालेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्