कुवेतका अब्दुल्लाह अल रसिदीले जिते ओलम्पिक पदक

olpik
  • 230
    Shares
लोकपाटी न्यूज

एजेन्सी। टोकियो ओलम्पिकमा कुवेतका अब्दुल्लाह अल रसिदीले कास्यपदक हात पारेका छन्। ५७ वर्षीय रसिदले पुरुषतर्फको सुटिङमा पदक जितेका हुन्।

सोमबारको फाइनल खेलमा उनले ४६ अंक हात पारेका थिए। उक्त स्पर्धामा अमेरिकी खेलाडी भिन्सेन्ट हान्ककले ५९ अंक हात पार्दै स्वर्णपदक जिते भने डेनमार्कका जेसपर हान्सेनले ५५ अंक हात पार्दै रजत पदक जितेका थिए।

रसिदीले यसअघि सन् २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा पनि स्वतन्त्र ओलम्पिक एथ्लेटको रुपमा कास्यपदक जितेका थिए।

उनले यसअघि पनि अन्य पाँच खेलमा सहभागिता जनाइसकेका छन्। उनी सन् १९९६, २०००, २००४, २००८ र २०१२ को ओलम्पिकमा पनि सहभागि भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्