प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा सिफारिस

prabhu_sharma
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कामु प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस पठाउने निर्णय गरेको हो।

शर्मालाई साउन २५ गतेदेखि कामुप्रधान सेनापति बनाउन लागिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई कायम मुकायममा नियुक्त गर्नेछिन्। राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन्। कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्परा छ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अब ४४ औं प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्माले लिनेछन्। यसअघि शर्मा युद्ध कार्य महानिर्देशकका थिए। शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी लिइसकेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन्। शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) पनि पूरा गरिसकेका छन्।