निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने ठाकुर समूहको निर्णय

Mahanth_Thakur_Rajendra_Mahato
  • 615
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ। सोमबार निर्वाचन आयोगको इजलासले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको थियो।

सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए। ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए। कार्यकारिणी समितिका बहुमत सदस्य यादव पक्षमा देखिएपछि आयोगले उनैलाई आधिकारिकता दिएको थियो।

पार्टीको आधिकारिता यादव पक्षलाई दिएपछि आगामि रणनीति तय गर्न ठाकुर समूहले मंगलबार बैठक बोलाएको थियो। आयोगको निर्णयपछि कसरी अगाडि बढ्ने भन्‍ने विषयमा आज कानून व्यवसायीहरूसँग छलफल गरेको र उनीहरूको सुझाव अनुसार सर्वोच्च अदालत जाने तयारी गरेको ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

‘हाम्रो कानूनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ। अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन। सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचिराख्या छौं। सँगै बस्ने अवस्था पनि छैन। सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि। ३४ र १६ त भन्दियो नि। अलग-अलग हौ भन्दियो नि। यो फैसलाको आलोचना, छलफल गर्छौं। यसमाथि हामी सर्वोच्च जान्छौं,’ कर्णले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्