ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु

Accident-1
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। झापाको दमक नगरपालिका–४ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।

मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका–३ का अन्दाजी ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती भीमाको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट मंगलबार राति गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ।

उर्लाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नम्बर २, ०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले मंगलबार राति करिब सवा १० बजे ठक्कर दिएको थियो।

दुर्घटना पश्चात् ट्रकसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्