गण्डकी र लुम्बिनी प्रदेश प्रमुखले लिए शपथ

sapath
  • 391
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि उपस्थित थिए। मङ्गलवार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी थिइन्।

गुरुङ काँग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन्। यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए। दुबैलाई पदमुक्त गरेर देउवा सरकारले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो।