काठमाडौं महानगरमा आजदेखि पुनः भेरोसेल खोप लगाइँदै

american vaccine pic
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आजदेखि काठमाडौं महानगरपालिकामा पुनः कोराना भाइरस (कोभडि-१९) विरुद्धको भेरोसेल खोप लगाइँदैछ।

यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ। खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ।

यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ।

uhc4-13-1

22

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्