सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा हुँदैछ : प्रधानमन्त्री देउवा

Sher Bahadur Deuwa
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाघका लागि जंगल आवश्यक भएको तथा जंगल मानव जाति र प्राकृतिक सन्तुलनका लागि अत्यावश्यक भएको बताएका छन्।

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको वासस्थान सुरक्षित राख्न विशेष ध्यान दिन आवश्यक रहेको बताए।

संसारमा बाघ पाइने प्रमुख १३ मुलुकका मुख्य सहभागिता रुसको सेन्ट पिटर्सबर्गमा सन् २०१३ मा विश्व बाघ सम्मेलन भएको प्रधानमन्त्रीले स्मरण गरे। उक्त सम्मेलनमा नेपालले आफ्नो भूमिमा बाघको संख्या एक सय २१ बाट सन् २०२२ सम्ममा दोब्बर बनाइने प्रतिबद्धता व्यक्त गरेको उनले उल्लेख गरे।

चोरी शिकारी तथा बाघ र उसका अंगहरूको अवैध ओसारपसार नियन्त्रण गर्न नेपालले दिगो कार्ययोजना तयार पारे कार्यान्वयनमा ल्याएको देउवाले बताए।

हाल नेपालमा बाघको संख्या दुई सय ३५ पुगेको र सन् २०२२ सम्ममा पिटर्सबर्ग सम्मेलनमा व्यक्त गरेको प्रतिबद्धता पूरा हुने प्रधानमन्त्री देउवाले बताए।