योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

Sher-Bahadur-Deuba-and-Bishwo-Paudel sapath
  • 38
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष विश्व पौडेललाई सिंहदरवारमा पद तथा गोपनियताको सपथ गराएका हुन्।

प्रधानमन्त्री देउवाले शपथ खुवाएपछि आयोगका सदस्यले उपाध्यक्ष पौडेलबाट शपथ लिएका छन्। गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका थिए ।