थप ३३ सय ६५ जनामा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या कति ?

corona_test
  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
१४ हजार २ सय ४२ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण देखिएको हो। कूल परीक्षण गरिएकामध्ये संक्रमित हुनेको संख्या करिब २४ प्रतिशत हो।

आरटी पीसीआरबाट परीक्षण गर्दा २ हजार ३ सय ३५ जनामा संक्रमण देखिएको हो। त्यसैगरी एन्टीजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको ज्यान गुमेको छ। यस अवधिमा १ हजार ३ सय ७३ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्