प्रतिगमनको मतियारहरू मुसा प्रवृत्ति देखाउँदैछन् : रावल

Jhapat_Rawal
  • 437
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सांसद झपट रावलले पार्टीभित्र मुसा प्रवृत्ति देखिएको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी कदम चाल्न उक्साउनेहरूले मुसा प्रवृत्ति देखाएको उनले उल्लेख गरेका छन्।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्। उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन्। अन्य मतियारहरूको कुरै नगरौं।’

रावलले जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्