देउवालाई नेपालको सुझाव : टिममा काबिल सहयोद्धाहरू राख्नुहोस्

Madhav_Nepal
  • 155
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रो काम गरेर जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गरेका छन्। विश्व बाघ दिवसको अवसरमा बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले देउवालाई काबिल सहयोद्धाहरूको टिम बनाएर काम गर्न सुझाव दिए।

उनले भने, ‘मेरो पालामा प्रकृति संरक्षणको क्षेत्रमा केही राम्रा काम भएकाले मलाई आनन्दको महसुस हुन्छ। गौरव बोध पनि हुन्छ। यी सबै कुरा सम्भव हुने थिएन, यदि मसँग राम्रो सहयोद्धा नपाएको भए।’ नेता नेपालले प्रधानमन्त्री देउवालाई जनताले सम्झन लायक काम गर्न काबिल (कम्पिटेन्ट) मान्छे छानेर उपलब्धिमूलक काम गर्न सुझाव दिएका हुन्।

२०७४ सालको आम निर्वाचनबाट प्रतिपक्षमा पुगेका नेपाली काँग्रेसका सभापति देउवा अहिले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सदिच्छामा प्रधानमन्त्री बनेका हुन्। देउवाको पाँचौं कार्यकालका लागि प्रधानमन्त्री बन्दा पनि उनले आफ्नो छवि उकास्ने भन्दा बिगार्नतर्फ लागेको भन्दै सार्वजनिक वृत्तमा उनको आलोचना सुरु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्