क्रियाशील सदस्यताको विवाद मिलाउने जिम्मेवारी क-कसले पाए ?

  • 1.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद ५ दिनभित्र सहमति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा शीर्ष नेताहरूलाई दिएको छ।

बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद ५ दिनभित्र समाधान गर्न भनेको छ। त्यसका लागि नेता कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई सहमतिको बिन्दु खोज्नका लागि छलफल गर्ने जिम्मेवारी दिइएको छ।

क्रियाशील सदस्यता छानबिन समितिले विवादित क्षेत्रको समस्या समाधान नगरी साउन १२ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। तर पदाधिकारी बैठकले विवादका विषयमा सहमति जुटाउन छानबिन समितिलाई थप एक दिन समय दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्