‘देशभर संगठन सुदृढीकरण अभियान चलाउने जसपाको निर्णय’

Bhattarai_Yadab
  • 220
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने भएको छ। बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले देशभर संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने निर्णय गरेको हो।

बैठकले त्यसका लागि संगठन सुदृढीकरण तथा जागरण अभियान-२०७८ को कार्ययोजना पारित गरेको पार्टी प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए। उनले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताए। उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए।

प्रवक्ता खतिवडाले भने, ‘संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ। यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म ४ महिना चल्नेछ, र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि मुख्य ४ वटा कामहरु हामी यो अवधिमा गर्नेछौं र यो बीचमा पार्टीको टुटेको कडीहरु जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम यो अभियान अन्तर्गत हुनेछ।’

बैठकले पार्टी भित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धी घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए।

प्रवक्ता खतिवडाले भने, ‘आजको बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ भने पार्टी भित्र आउन सक्ने विभिन्न समस्याहरु, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।’

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्