लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित हुँदैन : आयोग

Loksewa__BO8NwYZFSI
लोकपाटी न्यूज

काठमाडौं। लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ। आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने भएको हो।

परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत प्रवक्ता सुवेदीले बताए। आयोगले आ.व. २०७६/०७७ र आ/व/ २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ।

आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्