यस्तो छ प्रचण्डको राजनीतिक प्रस्ताव (पूर्णपाठ)

mawobadhi kendriye meeting
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। शनिबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस भएको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन्।

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ। यस्तै, मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेस गरेका छन् र दुवै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूलाई ८ वटा समूहमा बाँडिएको छ।

प्रचण्डले पार्टीको मार्ग निर्देशक सिद्धान्त परिवर्तन गर्ने प्रस्ताव गरेका छन्। ‘एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवादको आर्थिक राजनीतिक र सांस्कृतिक स्वरूपको नयाँ संश्लेषण गर्न जरुरी छ,’ प्रचण्डको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘सिंगो पार्टी पंक्तिले यसमा सक्रिय सहभागिता र रचनात्मक योगदान गर्न अति आवश्यक छ। आज हाम्रो पार्टीका अगाडि नयाँ वैचारिक, राजनीतिक संश्लेषणमार्फत नेपाली क्रान्तिलाई नयाँ उचाइमा उठाउने मात्र होइन, विश्व क्रान्तिलाई योगदान गर्ने नयाँ अवसर र चुनौती दुवै रहेको छ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटकसम्म प्रतिनिधिसभाको विघटन गरेको तर त्यसलाई अदालतले सच्याएको भन्दै धन्यवाद ज्ञापन गरिएको छ। उक्त प्रस्तावमा ओलीलाई भने समग्र राजनीतिक परिवर्तनका विरोधीका रूपमा चित्रित गरिएको छ। प्रतिवेदनमा राष्ट्रपतिले समेत आँखा चिम्लिएर ओलीका एकपछि अर्को कदमलाई साथ दिएको आरोप लगाइएको छ।

‘नेपाली जनताको दशाको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र र सामाजिक न्यायसहितको संविधानवाद उन्मुख संविधानमाथि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट बारम्बार आक्रमण गरियो। राष्ट्रपतिजस्तो संविधानको संरक्षण गर्नुपर्ने सम्मानित संस्थाको नेतृत्वले प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश कदमलाई आँखा चिम्लिएर समर्थन गर्ने काम भयो,’ प्रस्तावमा भनिएको छ, ‘संविधानको संरक्षकबाट नै असंवैधानिक कार्यहरूमा पटक पटक लालमोहर लगाउन र तत्कालीन प्रधानमन्त्रीबाट जनताको बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूलाई समाप्त पार्न लागिपरेपछि यो परिवर्तनको मुख्य नेतृत्वकर्ता हुनका नाताले यसको रक्षा गर्न हाम्रो प्रमुख दायित्व बन्न गयो।’

तर प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि नैतिकरूपमा आफ्नो कमजोरी स्वीकार गर्दै राजीनामा दिनुको सट्टा केपी ओली गुट आफ्नो दक्षिणपन्थी, संकीर्ण, व्यक्तिवादी, गुटवादी र फुटपरस्त गतिविधिमा मात्र लागेको आरोप लगाइएको छ।

यस्तो छ प्रचण्डको राजनीतिक प्रस्ताव

प्रतिगमनविरुद्धको आन्दोलनमा प्राप्त भएको ठूलो सफलता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनपेक्षित एवं अप्राकृतिक विघटन र वाम-लोकतान्त्रिक शक्तिहरूको संयुक्त सरकार गठन भएको नयाँ परिस्थितिमा हाम्रो महान् तथा गौरवशाली पार्टीको केन्द्रीय समितिको यो बैठक आयोजना गरिएको छ। यो बैठक, महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन एवं मधेस आन्दोलन लगायतका परिवर्तनका लागि भएका आन्दोलनमा साहदत्त प्राप्त गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। घाइते, अपांगता भएका र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछ। विश्व महामारीको रूप लिएको कोरोना भाइरसका कारण हाम्रो देश र विश्वमा ठूलो मानवीय क्षति भएको छ। संक्रमणका कारण जीवन गुमाउन पुगेकाहरूप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पत्रकार र आम जनसमुदायमा हार्दिक बधाईसहित धन्यवाद ज्ञापन गर्दछ। संविधानको मूल मर्म र भावनाअनुसार गरेको सही र साहसिक फैसलाका लागि केन्द्रीय समितिको यो बैठक सर्वोच्च अदालतप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

१. नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता समानुपातिक समावेशी लोकतन्त्र र सामाजिक न्यायसहितको संविधानवाद उन्मत संविधानमाथि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट बारम्बार आक्रमण गरियो। राष्ट्रपति जस्तो संविधानको संरक्षण गर्नुपर्ने सम्मानित संस्थाको नेतृत्वले प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक निरंकुश कदमलाई आँखा चिम्लिएर समर्थन गर्ने काम भयो। संविधानको संरक्षकबाट नै असंवैधानिक कार्यहरूमा पटक पटक लालमोहर लगाउनु र तत्कालीन प्रधानमन्त्रीबाट जनताको बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूलाई समाप्त पार्न लागिपरेपछि यो परिवर्तनको मुख्य नेतृत्वकर्ता हुनुका नाताले यसको रक्षा गर्न हाम्रो प्रमुख दायित्व बन्न गयो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अत्यधिक बहुमत ओलीको प्रतिगमनको विरुद्धमा सडक संघर्षमा ओर्लियो। वाम-लोकतान्त्रिक शक्तिहरूको संयुक्त मोर्चा र संयुक्त आन्दोलन बनाउने हाम्रो प्रयासले पहिलो पटक त्यति सफलता प्राप्त गर्न सकेन। तथापि प्रतिगमनकारी ओली गुट बाहेक सिंगो देश आन्दोलित भयो। लाखौं जनसमुदाय सडकमा उर्लियो। लेखक, कलाकार, साहित्यकार, पत्रकार, कानून व्यवसायी, पेशाकर्मी एवं नागरिक आन्दोलनसमेत बौद्धिक समुदायको प्रतिरोध र चौतर्फी घेराबन्दीमा केपी गुट पर्न गयो। यही आन्दोलनको जग र नेपालको संविधानको व्यवस्थाअनुसार सम्मानित सर्वोच्च अदालतबाट पहिलो पटक प्रतिनिधिसभाको पुनःस्थापना गरियो। प्रतिनिधिसभा पुनःस्थापना भए पश्चात् नैतिकरूपमा आफ्नो कमजोरी स्वीकार गर्दै राजीनामा दिनुको सट्टा केपी ओली गुट आफ्नो दक्षिणपन्थी, संकीर्ण, व्यक्तिवादी, गुटवादी र फुटपरस्त गतिविधिमा मात्र लागेन अपितु जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर निरंकुशता र प्रतिगमनको अझ नांगोरूप प्रदर्शन गर्‍यो।

प्रतिनिधिसभाका १४९ जना माननीय सदस्यहरूले नेपालको संविधानको धारा ७६५ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा राष्ट्रपतिकै आव्हानअनुसार विधिसंगत ढंगले हस्ताक्षर बुझाइयो। राष्ट्रपतिबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको सट्टा सरल विधिको खिल्ली उड्ने गरी मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमनकै दोस्रो श्रृंखला थियो। त्यसविरुद्ध पार्टीले वाम-लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माण गरी अगाडि बढ्ने नीति लियो।

नीति सही रहेको तथ्य घटनाक्रमले प्रमाणित गरिसकेको छ। वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन सरकार यसैको पछिल्लो कडी हो। यस सरकारलाई विगतमा भएको सरकारहरूको हेरफेरका सामान्य घटनाको रूपमा बुझ्न गल्ती हुनेछ। नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, संघीयताको पूर्ण कार्यान्वयन गर्ने, प्रतिगमनलाई पूर्णरुपले परास्त गर्ने, शान्ति प्रक्रियाको बाँकी कामहरू सम्पन्न गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै देशलाई संवैधानिक एवं लोकतान्त्रिक बाटोमा हिँडाउने गम्भीर जिम्मेवारी परिवर्तनकारी शक्तिहरूको काँधमा रहेको छ। साथै जनतालाई कोभिड महामारीबाट मुक्त गर्नु यो गठबन्धनको प्रमुख कार्यभार रहेको छ। कोभिडका कारण थला परेको अर्थतन्त्रलाई पुनरुद्धार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु यो गठबन्धनको अर्को महत्त्वपूर्ण कार्यभार रहेको छ।

२. क. पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले ७२ वर्ष पार गरिसकेको छ। यो कालखण्डमा नेपालको कम्युनिस्ट आन्दोलनले विभिन्न आरोह अवरोहहरुको सामना गरेको छ। स्थापना कालमा मूलरूपमा सही नीति लिएको नेपाल कम्युनिस्ट पार्टी दोस्रो महाधिवेशनपछि गलत नीति र नेतृत्वका कारण कमजोर हुन पुग्यो। पार्टीमा विकास भएको दक्षिणपन्थी चिन्तनका कारण कम्युनिस्ट आन्दोलनले एकातिर आफ्नो क्रान्तिकारी चरित्र गमाउन पुग्यो भने अर्कोतर्फ कम्युनिस्ट आन्दोलनमा विभाजनको विजारोपण पनि भयो।

२०१९ सालमा भएको तेस्रो महाअधिवेशनमा पनि नीति र नेतृत्वमा तालमेल देखिएन। यस महाधिवेशन पश्चात् नेकपामा अन्त्यहीन टुटफुटको श्रृंखला प्रारम्भ भयो। तेस्रो महाधिवेशन पछि दक्षिणपन्थी विसर्जनवादका विरुद्ध पुष्पलालको संघर्ष आफैमा महत्त्वपूर्ण रहेको छ।

यसरी नै, तीसको दशक वरिपरि तत्कालीन चौथो महाधिवेशन, संगठन र शक्तिको हिसाबले ठूलो समूहको रूपमा रहेको थियो। २०२८ सालमा सुरु भएको झापा आन्दोलन र त्यसमा व्यक्त भएको क्रान्तिकारी स्प्रिरिटको जगमा हुँदै मालेको अर्को धार विकास भएर आयो। माले धार २०४८ सालसम्म आइपुग्दा शान्तिपूर्ण सुधारको संसदीय बाटोको वामपन्थी दलको रूपमा स्थापित भयो।

२०४७ मा एकता केन्द्रको निर्माण गरी २०५२ फाल्गुन १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्धको ऐतिहासिक पहलकदमी एवं जनयुद्ध र जनआन्दोलनको समायोजनमार्फत शान्ति वार्ता, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता एवं सामाजिक न्यायको विशेषतासहितको संविधान निर्माण गरी नेपाली मौलिकता र विशेषतासहितको जनवादी क्रान्तिलाई आधारभूत रूपले पुरा गर्ने नेतृत्वकारी शक्तिको रूपमा नेकपा (माओवादी), एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), र २०७३ मा नेकपा (माओवादी केन्द्र)को क्रान्तिकारी धारा बन्न पुग्यो।

शान्ति प्रक्रिया सँगसँगै कम्युनिस्ट घटकहरूबिच एकता गर्ने र बलियो कम्युनिस्ट केन्द्र निर्माण गर्ने नीति हाम्रो पार्टीले लिँदै आयो। समाजवादी क्रान्तिको रणनीति अन्तर्गत सामन्तवादका अवशेष एवं दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने जस्ता मूलभूत वैचारिक राजनीतिक समानताको जगमा तीसको दशकदेखि फरक-फरक धारामा हिँडिरहेका पार्टीबीच एकता गर्दा देशमा एउटै बलियो कम्युनिस्ट केन्द्र बन्ने र समाजवादको आधार निर्माण गर्न सहज हुने निष्कर्षसहित हाम्रो पार्टीले एमालेसँग चुनावी तालमेल गर्दै पार्टी एकताको प्रस्ताव राख्यो। आम निर्वाचनमा अभूतपूर्व जनसमर्थनसहित हाम्रो प्रस्ताव जनसमुदायबाट अनुमोदित पनि भयो। २०७५ साल जेठ ३ गते नेकपा (माओवादी केन्द्र) र एमालेबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को निर्माण भयो। यसले नेपाली जनता र कम्युनिस्ट कान्तिकारी, वामपन्थी, प्रगतिशील, देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश र ऊर्जा प्रवाह गयो। तर, पार्टीका तत्कालीन अका अध्यक्ष केपी ओलीको पार्टी एकताको उद्देश्य भन्ने आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरंकुश बन्ने मात्र रहेको कुरा स्पष्ट हुँदै गयो। उनले पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे। पार्टीलाई पुरै दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पूँजीवादलाई, हर्काउने साधनको रूपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धि संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गर्ने काम गरे। ओली प्रवृत्तिका रूपमा विकास भएको यो घोर दक्षिणपन्थी र राष्ट्रिय आत्मसमर्पणवादी विचलनका विरुद्ध तत्कालीन नेकपाको अत्यधिक बहुमत सदस्यहरू खडा हुने स्थिति बन्यो। यो परिस्थितिमा ओलीले आत्मालोचना गरेर सुधार्ने प्रयास गर्नुको सट्टा झन् निरंकुश र तानाशाही बन्न पुगे। प्रतिनिधिसभाको दुई-दुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे। तत्कालीन माओवादी केन्द्र र एमालेबीच भएको एकता वस्तुतः सही हुँदाहुँदै पनि केपी ओली र उनको गुटमा देखापरेको अंहकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो। हाम्रो पार्टी कमजोर हुँदा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र सांस्कृतिक रूपले उत्पीडनमा परेका जनताका अधिकार कटौती हुँदै जाने र देशलाई प्रतिगमनतिर लैजान चाहने शक्तिलाई फाइदा हुने रहेछ भन्ने तथ्य आम जनसमुदायले समेत बुझ्ने गरी स्पष्ट हुँदै गयो। आज पनि विभाजित सबै इमान्दार कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै फेरि क्रान्तिकारी कम्युनिस्टहरूको एउटै केन्द्र निर्माण गर्ने सवाल ऐतिहासिक जिम्मेवारी बनिरहेकै छ। अहिलेको सन्दर्भमा अझ स्पष्ट र मजबुत वैचारिक धरातलमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने दायित्वलाई हाम्रो पार्टीले दृढतापूर्वक आत्मसाथ गर्दछ।

३. विश्वमा साम्राज्यवाद एवं उत्पीडित राष्ट्र र जनताका बिच, साम्राज्यवादी देशहरू बिच, स्वयं साम्राज्यवादी देशहरू भित्र पूँजीपति र मजदुरहरूका बीचका आधारभूत अन्तरविरोधहरु झन् तीव्र बन्न गएका छन्। पूँजीवादमा आएको संकटलाई व्यवस्थापन गर्न आफैभित्र गरेका कथित सुधार र नवउदारवादबारे स्वयं पूँजीवादीहरुमा नै विश्वास र भरोसा टुट्दै गएको छ। साम्राज्यवादी शक्तिहरू बिचको अन्तरविरोधका कारण पूँजीवादको संकट गहिरिँदो रूपमा अभिव्यक्त भइरहेको छ। उन्नाइसौं र बिसौं शताब्दीमा भन्दा एक्काइसौं शताब्दीमा पूँजीवादले धनी र गरिबका बिचको खाडल झन् बढाइरहेको तथ्य स्वयं पूँजीवादी अर्थशास्त्रीहरुले बताइरहेका छन्। सूचना प्रविधिमा भएको विकास, नयाँ नयाँ प्रविधिको प्रयोग, उत्पादनमा भएको विशिष्टीकरण र अन्तरनिर्भताले पूँजीवादको मूल चरित्र उही रहेता पनि केही महत्त्वपूर्ण हेरफेर भने निश्चित रूपमा भएका छन्। छिमेकी देश चीन र भारतको तीव्र आर्थिक विकास र विश्व शक्तिको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गर्दा नयाँ शीतयुद्धको मुख्य भूमि दक्षिण तथा दक्षिण पूर्वी एसिया हुने सम्भावना स्पष्ट देखिन्छ। यसै सन्दर्भमा विश्व महाशक्ति राष्ट्रहरू बिच प्रकट भइरहेका अन्तरविरोधका नयाँ रूपहरू, वित्तीय पूँजीको भूमण्डलीकरण, विज्ञान प्रविधिको तीव्र विकास आदि सबैले नै विश्व क्रान्ति र विश्व समाजवादी व्यवस्थाका लागि भौतिक आधार तयार भइरहेको तथ्यमा स्पष्ट रहनु पर्दछ। यति हुँदाहुँदै पनि एक्काइसौं शताब्दीमा सामान्यतः दोस्रो विश्वयुद्ध पछि एवं विशेषतः शीतयुद्धको कि उत्पीडनका रूपहरूको अन्तरलाई गहिरो अध्ययन गर्न पाई साम्राज्यवादी युद्ध र प्रतिद्वन्द्वीताको भूमण्डलीकरणको प्रभाव, विज्ञान क्रान्तिको युग रिट एवं विशेषतः शीतयुद्धको अन्त्यपछि देखापरेको साम्राज्यवादीलाई गहिरो अध्ययन गर्नु पर्दछ। यसमा मुख्यतः विश्वको निधि विभाजन र पुनः विभाजनका नाममा चल्न गरेको अन्तर साम्राज्यवादीको परिवर्तन, निजीकरण र उदारीकरण, वित्तीय पूँजीको भूमण्डलीकरणको उत्पादन प्रणालीमा भएको विशिष्टीकरणले साम्राज्यवाद र सर्वहारा कति पात्रोको विश्लेषण आधारभूत रूपमा सही भएता पनि सो सम्बन्धी राती गर्न आवश्यक छ भन्ने कुरामा कम्युनिस्ट क्रान्तिकारीहरूको ध्यान जान आवश्यक छ। यस सम्बन्धी रणनीतिमा प्रविधिको विकास र उत्पादन प्रणालीमा भएको विजिलिसम्बन्धी लेनिन र माओको विश्लेषण आधारभूत संवर्द्धन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पादन सम्बन्धमा बाँकी उत्पादन प्रणालीका अवशेषहरूलाई अन्त्य गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र जोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै आम जनताको जीवनस्तर सुधार गर्न सामाजिक आधारित राष्ट्रिय पूँजीको निर्माण गर्ने र उत्पादक शक्तिको विकास गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थात् निर्माण गर्ने सवाल आज राष्ट्रिय आत्मसम्मानसँग समेत जोडिएको छ। पूँजीवाद भित्रको संकर, विश्व शक्ति केन्द्रको बदलावका कारण पैदा हुने घर्षणको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ। अन्तर्राष्ट्रिय परिस्थितिको उपरोक्त आयाम र माथि चर्चा गरिएको घरेलु परिस्थितिलाई ध्यानमा राखी हाम्रो पार्टीको आगामी कार्यभार तय गर्नु उपयुक्त हुनेछ।

संविधानसभाबाट बनेको संविधान तत्कालीन शक्ति सन्तुलनका कारण हाम्रो पार्टीले चाहेजस्तो नभएता पनि आधारभूत र मूलरुपमा हाम्रो पार्टीको नै त्यसमा मुख्य स्वामित्व रहेको छ। संविधानमा भएका शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र सम्प्रभुता एवं आवासको हकलाई पूर्ण कार्यान्वयन गर्ने सवाल समाजवादतर्फको आधारभूत कदम हुनेछ। देशको औद्योगीकरण गर्ने, राष्ट्रिय पूँजीको निर्माण गर्ने, राष्ट्रिय आयको वर्गीय जातीय, क्षेत्रीय, लैंङ्गिक र सांस्कृतिकरूपमा पछि परेका जनतालाई प्राथमिकतामा राखेर वितरण गर्ने काम समाजवाद निर्माणका प्रारम्भिक काम हुनेछन्। सहकारी अभियान, सामूहिक उत्पादनको अभियान र उत्पादन, विनिमय र वितरण तीन वटै क्षेत्रमा राज्यको उपस्थितिसहित समाजवादको आर्थिक आधार निर्माण गर्नुपर्दछ।

तीन तहका सरकार र मिश्रित निर्वाचन प्रणाली अपनाएको हाम्रो राजनीतिक प्रणालीमा कुनै पनि राजनैतिक दल पूर्ण सत्तापक्ष वा पूर्ण विपक्ष हुँदैन। यस्तो अवस्थामा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समाजवाद उन्मुख अर्थ राजनीतिक कार्यक्रम बनाएर लाग गर्ने नीति लिनुपर्दछ।

उत्पादकत्व वृद्धि, सामूहिक, सहकारी र राजकीय स्वामित्वको उत्पादनका इकाईहरूको निर्माण गर्ने कुरालाई पार्टी नीतिको रूपमा लिई कार्यान्वयनमा लैजान आवश्यक छ। यसमा पार्टीका सबै तहका नेता, कार्यकर्ताहरू कुनै न कुनै उत्पादकका इकाईमा संलग्न हुनु अनिवार्य गर्न पर्दछ।

बजेटमार्फत वितरण हुने राष्ट्रिय आयलाई आधारभूतरूपमा पछाडि पारिएका जनतामा पुर्‍याउने कुरालाई जोड दिने नीति लिन आवश्यक छ। उत्पादन कार्य र व्यापक जनपरिचालनलाई समायोजन गरी योजनाबद्ध अभियान सञ्चालन गरेर मात्र समाजवादको आधार निर्माण गर्न सकिन्छ।

दक्षिणपन्थी संशोधनवाद र जडसुत्रीय संशोधनवादसँग संघर्ष एवं मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको स्पष्ट वैचारिक मान्यता रहँदै आएको छ। अहिलेको सन्दर्भमा मालेमावादको रक्षा, प्रयोग र विकास नगरी समाजवादी क्रान्तिको विकास गर्न सकिँदैन भन्ने विषयलाई आत्मसात् गर्न आवश्यक छ। पार्टी कुन कुरामा स्पष्ट रहनपर्दछ भने मालेमाको पथ प्रदर्शनमा ’समाजवादी क्रान्तिको रणनीति अन्तर्गत सामन्तवादका अवशेषका विरुद्ध संघर्ष गर्ने.. आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै दलाल नोकरशाही पूँजीवाद र वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध संघर्षमार्फत राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने तथा सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास गरी समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको निर्माणका लागि सार्वजनिक, निजी र सहकारीका लानवटै क्षेत्रबाट योजनाबद्ध पहल आवश्यक छ। यिनै मूलभूत नीति अन्तर्गत उत्पादन र जनपरिचालन अभियान सञ्चालन गर्नुपर्दछ।

पार्टीको राष्ट्रिय सम्मेलनसम्म पुग्दा व्यापक बहसद्वारा ‘एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवाद’को आर्थिक, राजनैतिक र सांस्कृतिक स्वरूपको नयाँ संश्लेषण गर्न जरुरी छ। सिंगो पार्टी पंक्तिले यसमा सक्रिय सहभागिता र रचनात्मक योगदान गर्न अति आवश्यक छ। आज हाम्रो पार्टीका अगाडि नयाँ वैचारिक, राजनैतिक संश्लेषणमार्फत नेपाली क्रान्तिलाई नयाँ उचाइमा उठाउने मात्र होइन विश्व क्रान्तिलाई योगदान गर्ने नयाँ अवसर र चुनौती दुवै रहेको छ।

४. राजनीतिक पार्टी समाजमा रहेका वर्गहरूको प्रतिनिधित्व गर्ने संस्था हुन। हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) देशका सबै उत्पीडित जनसमुदायको प्रतिनिधित्व गर्ने पार्टी हो। हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता समावेशिता स्थापना गर्न सबैभन्दा बढी बलिदान गरेको पार्टी हो। हाम्रो पार्टीको विस्तार राजनीतिक अपिल एवं राजनीतिक अभियान र पहलकदमी हुँदै आएको छ। माओवादी आन्दोलन संस्थागत गर्ने वेलामा भएको विभाजन र फुट, एकता, अनि फेरि फुटका कारण हाम्रो पार्टीको संगठनात्मक संरचनाको स्थिर स्वरूप निर्माण गर्न केही चुनौतीहरू देखापरेका छन्। राजनीतिक हिसाबले सर्वहारा उत्पीडित वर्ग र जनसमुदायको अग्रास्ता र समाजवाद निर्माणको मुख्य शक्तिका रूपमा हाम्रो पार्टीलाई विकास गर्न पर्दछ। पार्टीलाई संगठनात्मक रूपले जनआधारित विशाल कार्यकर्ता पंक्तिसहितको शक्तिका रूपमा विकास गर्नपर्दछ। पार्टी निर्माण र सञ्चालनको मुख्य आधार लेनिनवादी संगठनात्मक सिद्धान्त नै हो। तथापि, युवा, प्रौढ र ज्येष्ठ उमेर समूहको समुचित सन्तुलन एवं सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित समुदायका बीचबाट लाखौं कार्यकर्ता भर्ती गर्नु आजको आवश्यकता हो।

समाजवाद निर्माणका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन्। मूलतः आफ्नै शक्तिमा भरपर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य, मोर्चावन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व समेत हाम्रो पार्टीले लिनु पर्दछ।

५. केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम-लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ। यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन्। अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझे र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ।

अहिले गठबन्धनकै संयुक्त सरकार बनेको छ। गठबन्धन सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ। उक्त नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन कोभिड नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन कायम गर्न यस गठबन्धन र सरकारको प्राथमिकता हो। सरकारलाई सफल बनाउन पार्टी आफ्नो ठानी लागि पर्नेछ। एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनैतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने छ।

६. मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै समाजवाद निर्माणको दिशामा बढ्न सक्ने पार्टी निर्माण गर्न हाम्रो अहिलेको आवश्यकता हो। विधि र प्रणाली व्यवस्थित नबनाईकन पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन। परिमार्जित विधानले उक्त आवश्यकतालाई सम्बोधन गर्ने नै छ। आम जनसमुदायलाई पार्टीको उद्देश्य र कार्यक्रममार्फत प्रशिक्षित र संगठित गर्ने कार्यलाई योजनाबद्धरूपमा बढाउन आवश्यक छ। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिको रूपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउन पर्दछ। नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ। यसका लागि निम्न अनुसारको कार्य सम्पन्न गर्न आवश्यक छ।

१. भाद्र मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने।

२. असोज १० गते सेल र टोल भेला सम्मेलन सम्पन्न गर्ने।

३. असोज २० गते वडा सम्मेलन सम्पन्न गर्ने

४. असोज ३० गते गाउँ पालिका र नगर पालिका सम्मेलन गर्ने। फिनसरोकार ड्ड कात्तिक ३० गते जिल्ला सम्मेलन सम्पन्न गर्ने।

५. मंसिर १५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने।

६. पौष ११, १२, १३ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने।

७. बदलिएको परिस्थितिमा जनवर्गीय संगठन, जातीय/क्षेत्रीय मोर्चा, पेशागत संगठन, सामुदायिक संगठन, सम्पर्क मञ्च, प्रवासका संगठन, प्रतिष्ठान र पार्टीका विभागहरूको जिम्मेवारी र भूमिकामा फेरबदल आएको छ। आजको सन्दर्भमा निम्न अनुसारको भूमिका हुनेछ।

क) जनवर्गीय संगठनको कामः पार्टीको समाजवादी क्रान्तिको रणनीतिलाई जनताको बिचमा प्रचार गर्ने, संगठनात्मक सञ्जाल निर्माण गर्ने र सर्वहारा वर्गको पृष्ठमोर्चाको रूपमा जनवर्गीय संगठनको निर्माण र व्यापक विस्तार गरिनेछ। यसका लागि असोज मसान्तसम्ममा व्यापक संगठन विस्तार र सदस्यता वितरणसहित जनवर्गीय संगठनका सम्मेलन, भेला र बैठकहरू सम्पन्न गरिसक्ने। बाँकी रहन गएका सम्मेलन र भेलाहरू पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। जसबाट अलग बैठकको आयोजना गरी ठोस कार्यक्रम निर्माण गरिने छ।

जातीय/क्षेत्रीय मोचाको कामः जातीय/क्षेत्रीय मोर्चाहरू पूँजीवादी जनवादी क्रान्तिका साधनहरू हुन। सामन्तवादका अवशेष र दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरूका कार्यान्वयन, सुदृढीकरण एवं समाजवादका लागि पृष्ठभागीय शक्तिका रूपमा जनसमुदायलाई प्रशिक्षित गर्ने, परिचालन गर्ने र पार्टीलाई व्यापक जनसमुदायसँग जोडने माध्यमको भूमिकामा जातीय / क्षेत्रीय मोर्चाहरू हुनेछन्।

१. असोज मसान्तसम्ममा जातीय/क्षेत्रीय संगठनका सम्मेलन, भेला र बैठकहरू सम्पन्न गरिसक्ने।

२. बाँकी रहन गएका सम्मेलन र भेलाहरू पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने।

३. पेशागत संगठनको कामः तीन तहका सरकारहरूलाई पेशागत एवं विशेषज्ञताको आधारमा सहयोग गर्ने, जनताको सेवा गर्ने, भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्ने अभियानमा पाटीको। सहयोगीको रूपमा पेशागत संगठनको भूमिका रहनेछ।

१.असोज मसान्तसम्ममा पेशागत संगठनका सम्मेलन, भेला र बैठकहरू सम्पन्न गरिसक्ने।

२. बाँकी रहन गएका सम्मेलन र भेलाहरू पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने

३. सामुदायिक संगठनको कामः खुकुलो संगठनात्मक अनुशासनमा रही व्यापक जनसमुदायको बिचमा जनचेतनाका काम, सामाजिक काम र पार्टीको क्रान्तिकारी जनचेतनाका काम विचारको आधारमा व्यापक जनसमुदायलाई गोलबन्द गर्ने काम सामुदायिक संगठनको हुनेछ।

४. असोज मसान्तसम्ममा सामुदायिक संगठनको सम्मेलन, भेला र बैठकहरू सम्पन्न गरिसक्ने। बाँकी रहन गएका सम्मेलन र भेलाहरू पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने।

५. सम्पर्क मञ्चको कामः काठमाडौंमा रहेका सम्पर्क मञ्चहरूलाई गठन/पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गरिनेछ। प्रादेशिक राजधानी र अन्य ठूला सहरहरूमा आवश्यकताअनुसार सम्पर्क मञ्चको निर्माण गरिनेछ।

६. असोज मसान्तसम्ममा सम्पर्क मञ्चको सम्मेलन, भेला र बैठकहरू सम्पन्न गरिसक्ने। बाँकी रहन गएका सम्मेलन र भेलाहरू पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने।

७. अन्तर्राष्ट्रिय विभाग र प्रवासको कामः अन्तर्राष्ट्रिय जगतमा पार्टीको विचार नीतिलाई पुर्‍याउनु पार्टीले लिएका नीतिका पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु प्रवासमा रहेर क्रियाशील रहेका नेपाली जनसमुदायलाई संगठित गर्नु अन्तर्राष्ट्रिय विभाग र प्रवास कमिटीको प्रमुख काम हुनेछ। भारत लगायत विभिन्न देशमा रहेका प्रवासी नेपालीहरूलाई पार्टी संगठन र मञ्चमार्फत पार्टी विचार एवं राजनीतिको आधारमा संगठित गरिनेछ। असोज मसान्तसम्ममा प्रवासी संगठनहरूको सम्मेलन, भेला र बैठकहरू सम्पन्न गरिसक्ने।

९. बाँकी रहन गएका सम्मेलन र भेलाहरू पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। छ) प्रतिष्ठानहरूको कामः सहिद, बेपत्ता, घाइते अपांग र नेताहरूको नाममा स्थापित स्थापित र क्रियाशील प्रतिष्ठानहरूलाई समन्वयात्मक रूपमा परिचालन गरिनेछ। विभागीय कामः तीन तहका सरकार र पार्टीलाई विशेषज्ञताको आधारमा नीतिगत सरसहयोग पृष्ठपोषण गर्ने विभागीय समितिहरूको काम हुनेछ। आवश्यकता र औचित्यको आधारमा विभागहरूको गठन/ पुनर्गठन गरिनेछ। सरकारको नीति निर्माण र प्रभावकारी सेवा प्रवाहमा सहयोग पाने गरी विभागको पुनःगठन, बैठकहरूको आयोजना र प्रभावकारी परिचालन गरिनेछ। संसदीय मोर्चाको कामः संघीय संसद्, प्रदेश सभा र स्थानीय तहका कामहरूलाई समन्वय गर्दै जनपक्षिय नीति निर्माणमा प्रभावकारी र योजनाबद्ध रूपमा परिचालन गरिनेछ।

१०. सरकारको कामः संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कामलाई जनताको भावनाअनुसार थप प्रभावकारी र व्यवस्थित बनाइनेछ। संघीय सरकारको साझा नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ। संयुक्त सरकारमा पार्टीले आफ्नो स्वतन्त्र पहिचान र भूमिका स्थापित गर्ने सवाललाई विशेष महत्त्व दिनुपर्नेछ।

११. केन्द्रीय निकायको काम : पार्टीका केन्द्रीय आयोग, राष्ट्रिय परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिई क्रियाशील बनाइनेछ। विभाग र निकायहरूको कामलाई व्यवस्थित बनाइनेछ। केन्द्रीय निकायहरूलाई केन्द्रीय समितिको सहयोगी निकायको रूपमा परिचालन गरिनेछ। केन्द्रीय आयोग, विभाग र निकायहरूलाई गतिशील बनाइनेछ।

प्रिय, कमरेडहरू

इतिहासमा युगिन कार्यभार पूरा गरेर आएको हाम्रो महान् तथा गौरवशाली पार्टीका अगाडि देश र जनताको समृद्धिको सपना र समाजवाद निर्माणको ऐतिहासिक कार्यभार आइपरेको छ। आफैलाई रूपान्तरण गर्दै पुनः संगठित र एकताबद्ध हुँदै दृढतापूर्वक समाजवाद निर्माण गर्ने दिशामा अघि बढौं। हजारौं चुनौतीका बाबजुद जनताको जीत सुनिश्चित छ।

क्रान्तिकारी अभिवादन सहित !
३० श्रावण, २०७८

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्