संसदीय समितिको निर्देशन : ‘पढाइ शूल्कबाहेक अरू कुनै रकम नलिनू’

Jayapuri Gharti
  • 165
    Shares
लोकपाटी न्यूज

काठमाडौं। शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले इन्जिनियरिङ कलेजहरुमा पढाई शुल्कबाहेक अन्यशुल्क नलिन निर्देशन दिएकी छन्।

मंगलबार समितीको बैठकमा बोल्दै सभापति घर्तिले विवादित शुल्कको विषयमा कोरोना संक्रमण कायमै रहेको अवस्थामा पढाई शुल्क बाहेक अन्यशुल्क नलिन निर्देशन दिएकी हुन्।

बैठकमा सभापति घर्तीले कक्षा १२ को परीक्षा मात्र पटकपटक स्थगित हुँदा विद्यार्थीहरुको भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर परिरहेको बताइन्। खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दुरि कायम गरि होम सेन्टरमै परिक्षा गराउनुपर्ने उनले बताइन्।