प्रदेश नम्बर १ मा दुई मन्त्री नियुक्त

pradesh 1
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले २ जना मन्त्री नियुक्त गरेका छन्।मुख्यमन्त्री आर्चायले विगतमा माधवकुमार नेपाल समूहमा रहेका तर नयाँ पार्टीमा नगएका ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका हुन्।

दुवै मन्त्रीको शपथ ग्रहण पनि भइसकेको छ। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्री भीम आचार्यको उपस्थितिमा शपथ खुवाए।

सुरुमा तीन मन्त्री बनाउने कुरा भए पनि दुईजनाको नाममा सहमति भएको हो। आचार्यले बिहीबार मात्रै मुख्यमन्त्रीको शपथ लिएर काम थालेका थिए।

प्रदेशका निवर्तमान मुख्यमन्त्री शेरधन राईले संखुवासभाका तुलसी न्यौपानेलाई पनि मन्त्री नियुक्त गर्न दबाब दिएको थियो। न्यौपानेलाई मन्त्री बनाउन अध्यक्ष केपी शर्मा ओलीले पनि निर्देशन दिएकोमा आचार्यले अस्वीकार गरेको एमालेका सांसदले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्