पर्यटन व्यवसायी शेर्पाको सुझाव : भ्याटलाई तीन प्रतिशतमा झारौं

Tashi_Lakpa_Sherpa
  • 168
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पर्यटन व्यवसायी ताशी लाक्पा शेर्पाले मूल्य अभिवृद्धि कर (भ्याट)को दर घटाउन सरकारसँग आग्रह गरेका छन्। उनले समृद्ध नेपालको कल्पना र सम्भावनालाई सफल बनाउन भ्याटको दायरा घटाउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

सरकारले लगाएको १३ प्रतिशतबाट भ्याट घटाएर ३ प्रतिशतमा झार्नुपर्ने उनले बताए। भ्याट घटाए सबै व्यापारी र उपभोक्ताहरू भ्याटको दायरामा आउने व्यवसायी शेर्पाको बुझाइ छ। यसरी भ्याट छल्ने कार्य बन्द हुने उनको भनाई छ।

शेर्पाले इनकम ट्याक्सको दर पनि घटाउन सुझाव दिएका छन्। २५ प्रतिशत इनकम ट्याक्सलाई घटाएर ५ प्रतिशतमा झारे हरेक नागरिकले इनकम ट्याक्स तिर्ने उनले बताए। यसरी करका दर घटाए अहिलेको भन्दा तीन गुणा बढीले कर संकलन हुने उनको विश्वास छ।

शेर्पाले आर्थिक उन्नति हुन नसके जतिसुकै राम्रो राजनीतिक प्रणाली भए पनि सफल हुन नसक्ने राय राखेका छन्। उनले करका दरहरू घटाएर देशको अर्थतन्त्रमा सुधार आउने दाबी गरे। देशलाई आर्थिक उन्नतितर्फ डोर्‍याउन सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने बताए। यसले व्यवस्थालाई मजबुत बनाउने पनि उनको राय छ।

यस्तो छ अर्थमन्त्रीलाई शेर्पाको सुझावः

समृद्ध नेपाल को कल्पना , सम्भावना र आधार छोटोमा। १३ % VAT बाट घटाएर ३ % मा झारेर एक पटक हेर्नुहोस् त ? व्यापारी र उपभोक्ताहरू ठाउँका ठाउँ बिल काट्ने र लिने गर्छन् र VAT बिना कोही पनि कारोबार गर्दैनन्। अनि इनकम ट्याक्स २५ % बाट ५ % झार्नुहोस् त पुरै व्यवसायी र नेपाली जनतले १०० % कारोबार देखाएर इनकम ट्याक्स तिर्छ र देशको अर्थतन्त्र त्यसै सेतो/पारदर्शी भएर जान्छ। र अहिलेको भन्दा तीन गुणा बढी कर संकलन हुनेछ।

जस्तोसुकै राम्रो राजनीतिक प्रणाली आए पनि आर्थिकरूपमा उन्नति हुन सकेन बने त्यो प्रणाली ढिलो चाँडो जनस्तरबाट स्वतः रूपमा खारेज हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्