एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समितिको बैठक सम्पन्न

pic 12
  • 794
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समिति सचिवालयको बैठक सम्पन्न भएको छ। सोमबारदेखि काठमाडौंमा सुरु भएको संगठनको बैठक मंगलबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो।

माओवादी केन्द्रका स्थायी समिती सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बागमती प्रदेश अध्यक्ष तथा संगठनका इञ्चार्ज नारायण दहाल,संगठनका अध्यक्षद्व्य रत्न ओली र भोला सापकोटा, नेपाल शिक्षक महासङ राष्ट्रिय समितिका सहअध्यक्ष पूर्ण दवाडीको सहभागिता रहेको थियो। संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष नानुमैया पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव निम बहादुर केसीले कार्यक्रम संचालन गरेका थिए।

बैठकमा अध्यक्ष अधिकारीले शैक्षिक प्रतिवेदन,महासचिले सांगठानिक र अर्थ उपमहासचिवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सातै प्रदेशका अध्यक्ष वा प्रतिनिधि र बिभागका प्रमुख वा प्रतिनिधिहरुबाट रिपोर्टिङ राखियको थियो। बैठकमा सहभागीहरूले उठाएका शैक्षिक र पेसागत सवालहरुमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धारणा व्यक्त गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट आएको प्रस्तावहरुलाई सहमति दिने प्रतिवद्धता व्यक्त गरेका थिए।

त्यस्तै, संगठनका इञ्चार्ज नारायण दाहालले शिक्षक कर्मचारीहरुमा राजनैतिक अधिकार सहितको ट्रेड युनियन अधिकार अवाश्यक रहेको र शिक्षक कर्मचारी साथीहरूको माग र मुद्दाहरूको सवालमा पार्टीमा पक्षिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्ता छन् बैठकका निर्णयः

१.संगठनलाई बिचारको जगमा समयसापेक्ष रुपान्तरण ,शुद्धीकरण र सुदृढीकरण गर्ने, कमिटी प्रणालीलाई व्यवस्थित गर्ने ।

२.संगठनको स्थानीय परिषद, जिल्ला परिषद, प्रदेश परिषदमार्फत् पुनर्गठन गर्ने र मंसिर २ र ३ गते राष्ट्रिय परिषद् काठमाडौंमा सम्पन्न गर्ने ।

३.बैठकले विद्यार्थीहरुलाई तत्काल कोभिड-१९ विरुद्धको खोपको ब्यबस्था गर्न र बिधालय संचालन गर्न माग गरेको छ।
४.बैठकले कक्षा १२ को परिक्षा तत्काल संचालन गर्न माग गरेको छ।

५. नेपाल शिक्षक महासंघकोको ०७८ वैशाख २० देखि चौथो चरणसम्मको आन्दोलनको समिक्षा गर्दै भावी आन्दोलन सफल पार्न संगठनको सबै कमिटी परिचालन गर्ने,आन्दोलन सफल पार्न भुमिका निर्बाह गर्नुहुने संगठन भित्रका र बाहिरका सबै तहका नेतृत्वहरुलाई धन्यवाद व्यक्त गरियो।

५. बैठकले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्बजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न र नेपाल शिक्षक महासङको ३४ सुत्रीय माग र मुद्दाहरूको तत्काल सम्बोधन गर्न माग गरेको छ।

६.बैठकले ३४ सुत्रिय माग र मुद्दाहरूको पक्षिकरण गर्न र शिक्षक, विद्यार्थी र अभिभावकलगायत नागरिक समाजसँग ऐक्यबद्धताको लागि अपिल गर्ने, साझा ऐजेण्डाको लागी पहल गर्ने र आम शैक्षिक रुपान्तरणको लागि एकीकृत शैक्षिक जन आन्दोलन गर्ने।

७. बैठकले समावेसी प्रतिनिधित्वका साथ केन्द्रीय समिति थपघट गरेको छ जसमा ७८५ महिला शिक्षक नेतृत्व मनोनित गरेको छ।

८.बैठकले शैक्षिक रुपान्तरणका लागि,शैक्षिक मुद्दाहरूको निश्कर्षका लागि क्रान्तिकारीहरुको नेतृत्व आवश्यक रहेकोले एकीकृत अखिल नेपाल शिक्षक संगठनको वरपर गोलबन्द हुन् अपिल गरेको छ।