भोलिदेखि काठमाडौं उपत्यकामा सिनेमा हल खुल्ने

film hall
  • 29
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा भोलिबाट सिनेमा हल खुल्ने भएका छन्। सतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्ने भएका छन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सिनेमा हल खोल्ने दिने आजको बैठकले निर्णय गरेको बताए।

करिब १७ महिना बन्द रहेका सिनेमा हल खुल्ने भएका हुन्। पहिलो र दोस्रो कोभिड लहरका बीचमा केही समय सिनेमा हल खुले पनि ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिइएको थियो। उक्त समयमा करिब २० प्रतिशत सिनेमा हल मात्रै खुलेका थिए।

कोरोना संक्रमणको त्रासका कारण दर्शक आउँदैनन् भन्दै ठूला ब्यानरका सिनेमा रिलिज भएका थिएनन्।

चलचित्र विकास बोर्डका अनुसार ६४ वटा चलचित्र रिलिजको पर्खाइमा छन्। कोरोनाको संक्रमण अगाडि १९३ वटा सिनेमा हल रहेकोमा यसमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्