रहेनन् ‘बिग बोस’ विजेता सिद्धार्थ शुक्ला

sidharth-shukla-
  • 39
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मुम्बई (एबीपी लाइभ)– भारतीय टेलिभिजनका अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ। ४० वर्षीय शुक्लाको स्वास्थ्यमा समस्या आएपछि बिहीबार बिहान ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उनले अन्तिम श्वास फेरेका थिए।

सिद्धार्थको लोकप्रियता टेलिभिजन सिरियल ‘बालिका बधु’बाट चुलिएको थियो। त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन। उनी ‘दिल से दिल तक’ सिरियलमा पनि देखिएका थिए।

उनले बलिउडमा ‘हम्प्टी शर्माकी दुल्हनिया’बाट डेब्यू गरेका थिए। उनले ‘बिग बोस १३’बाट बढी लोकप्रियता पाए। यो शोमा पञ्जाबी अभिनेत्री शहनाज गिलसँगको उनको जोडी निकै रुचाइएको थियो। दुवैजना हालैमात्र ‘बिग बोस ओटीटी’ पनि देखिएका थिए।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन ७’मा पनि देखिएका थिए। उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए। उनको जन्म १९८० डिसेम्बर १२ मा मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो। आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्