स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक

Smita
  • 337
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली गायिका स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ। उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन्। उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन्।

केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन्। गीतको भिडियो पनि बनेको छ। जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन्। ‘इबादत बन गए हो’ बोलको गीतको भिडिओ शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन्। स्मीता​ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्